वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
क. एकीकृत सरकारी डाटा सेन्टरको दैनिक कार्य सञ्चालन एवं व्यवस्थापन गर्ने।
ख. सरकारी एकीकृत ईमेल प्रणालीको सञ्चालन, व्यवस्थापन तथा प्राविधिक सहायता उपलब्ध गराउने।
ग. सरकारी निकायहरुको domain registration देखि वेभसाईट होस्टिङ सम्मको सम्पूर्ण कार्य गर्ने।
घ. सरकारी निकायहरुको विद्युतीय सेवालाई आवश्यक पर्ने सूचना प्रविधि पूर्वाधारहरु उपलब्ध गराउने।
ङ. सिंहदरबार नेटवर्क पूर्वाधारको सञ्चालन/व्यवस्थापन गर्ने तथा NITC को Local Area Network (LAN) को प्रबन्ध गर्ने।
च. नेटवर्क, सर्भर तथा सिस्टमको पूर्वाधार विस्तार, व्यवस्थापन, उपयोग तथा प्रमाणिकरण गर्ने ।
छ. सरकारी निकायहरुमा परामर्श तथा प्राविधिक सहायता उपलव्ध गराउने ।
ज. सरकारी डाटा व्याकअप तथा डाटा सेक्युरिटी सम्बन्धी कार्य गर्ने।
झ. Network पहुँच, अनुगमन, नियन्त्रण तथा मूल्याङ्कन प्रणाली लागू गरी Network लाई सुरक्षित गर्ने।
ञ. निरन्तर रूपमा अनुगमन, विश्लेषण र प्रस्तुतिकरणद्वारा Network को Performance लाई सुदृढ बनाउने।
क. डाटा सेन्टरको इलेक्ट्रिकल प्रणाली सुदृढीकरणका लागि वार्षिक कार्यक्रम प्रस्ताव, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने ।
ख. डाटा सेन्टरलाई २४ सै घण्टा सञ्चालन गर्न डाटा सेन्टरको विद्युतीय प्रणलीको डिजाइन, निर्माण, संशोधन तथा अपग्रेड गरी उच्च गुणस्तरको सेवा सुनिश्चित गर्ने ।
ग. पावर सिस्टम, भोल्टेज, फ्रिक्वेन्सी, बिद्युत खपत लगायतका विषयमा नियमित अनुगमन, विश्लेषण, पूर्व तयारी गरी विद्युतीय प्रणालीलाई चुस्त दुरुस्त राखे।
घ. विद्युतिय प्रणालिका सफ्टवेयर र हार्डवेयरको Performance Audit गरी तिनको सू-सञ्चालन, मर्मत संभार गर्ने, गराउने।
ङ. डाटा सेन्टरमा निर्वाध रूपमा विद्युत आपूर्ति व्यवस्था मिलाउन व्याट्रि र यू. पि. एस. जेनेरेटरको नियमित्त परिक्षण र संभार गर्ने गराउने।
च. डाटा सेन्टरमा रहेका CRAC, HBAC र Normal Air Conditioner हरुको नियमित अनुगमन, मर्मत संभार गर्ने गराउने।
छ. डाटा सेन्टरका सम्पूर्ण ईलेक्ट्रिकल मेशिनहरु, विद्युत नेटवर्क लगायतलाई व्यवस्थापन तथा मर्मत सम्भार गर्ने गराउने।
क. कार्यालयको कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु गर्ने तथा कार्यालयमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ति सम्बन्धी कार्यहरु गर्ने।
ख. कर्मचारीहरुको अभिलेख सम्बन्धी कार्यहरु, कर्मचारीहरुको समयपालना, हाजिरी, अनुशासन, पुरस्कार र सजाय सम्बन्धी कार्यहरु गर्ने।
ग. केन्द्रमा आवश्यक पर्ने सामानहरूको नियमानुसार आपूर्तिको राम्रो व्यवस्था मिलाउने, प्राप्त सामग्रीको सञ्जय र समुचित सदुपयोग हुने व्यवस्था मिलाउने, सामानको अद्यावधिक तथ्याङ्क राख्ने र खर्च, लिलाम तथा अन्य मिनाहा लगत कट्टी आदि कार्यहरू गर्ने।
घ. आवश्यक सामग्रीहरूको खरिद तथा वितरण गर्ने। आवश्यक सामग्रीहरूको आपूर्ति तथा निर्माण कार्य टेन्डर वा कोटेसन कसरी गर्नुपर्ने हो रायसाथ सुपरिवेक्षक समक्ष पेस गर्ने।
ङ. नियमानुसार खरिद गरीएका सबै माल सामानहरु रीतपूर्वक दाखिला गरी जिन्सी सम्पतिको विवरण अद्यावधिक गरी राखे ।
च. जिन्सीको लेखा परीक्षण गराउने तया उठाइएका बेरुजुहरु फछ्यौट गर्ने रायसाथ पेस गर्ने।
छ. वर्षभरिमा आवश्यक पर्ने सामानहरूको लागत बनाई खरिद गर्न स्वीकृतिका लागि पेस गर्ने।
ज. भौतिक साधनको स्याहार, संम्भार, मर्मत तथा संरक्षण गर्ने व्यवस्था मिलाउने ।
झ. खरिद तथा निर्माण कार्यको लागि बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेस गर्ने।
ञ. प्रशासन शाखामा प्राप्त भएका विभिन्न पत्रहरुको आवश्यक कार्यवाही गर्ने।
ट. आन्तरिक सुरक्षा, पालोपहरा, सर-सफाइ सम्बन्धी कार्यहरुको प्रबन्ध गर्ने ।
ठ. केन्द्रले आयोजना गर्ने तालिम, प्रशिक्षण, अनुशिक्षण लगायतका कार्यक्रमको व्यवस्थापन गर्ने ।
ड. केन्द्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने खालका तालिम तया अध्ययन अवलोकन भ्रमण सम्बन्धी कार्यहरु गर्ने।
ढ. साधारण तथा विकास बजेट तयार गर्ने। प्रचलित आर्थिक नियमको परिधिभित्र रही विभागीय प्रमुखको निर्देशनमा बजेट खर्च गर्ने। को.ले.नि.का. तथा म.ले.प.को कार्यालयबाट औल्याइएका बेरुजुहरू समयमै फछ्यौट गर्ने ।
ण. कार्यालयमा भएका आर्थिक कार्यहरुको नियमानुसार आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने।